नियम ११४क
जानकारी दिन सकिने
: (१) नियम १०१क. विपरीत कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी कसैलाई प्राप्त भएमा त्यस्तो व्यक्तिले सो जानकारी सम्बन्धित प्रहरी कर्मचारी कार्यरत कार्यालय वा प्रहरी प्रधान कार्यालय वा मन्त्रालयमा दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी कुनै कार्यालयमा प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले त्यस्तो जानकारी प्राप्त भएको मितिले सात दिनभित्र प्रहरी प्रधान कार्यालयमा र प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी प्राप्त हुन आएमा प्रहरी प्रधान कार्यालयले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा छानबिन गर्न विभागीय सजाय दिने अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा विभागीय सजायको आदेश दिने अधिकारीले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी सोको जानकारी यथाशीघ्र प्रहरी प्रधान कार्यालयलाई र प्रहरी प्रधान कार्यालयले मन्त्रालयलाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम छानबिन गर्दा विभागीय सजायको आदेश दिने अधिकारीले मन्त्रालय वा मन्त्रालय मार्पmत अन्य कुनै सरकारी निकायसँंग कुनै कुराको जानकारी वा सहयोग माग गर्न सक्नेछ र त्यस्तो जानकारी वा सहयोग उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
(६) यस नियम बमोजिम छानबिन र कारबाही गर्दा कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको देखिएमा निजलाई तीन महिनाभित्र प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी यस नियमावली बमोजिम सजाय गरी सोको जानकारी पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयमा दिनु पर्नेछ ।